Search This Blog

Sunday, August 12, 2012

पर्यटन


पर्यटन भन्नाले अस्थाई रुपमा आएका व्यक्तिहरुको भ्रमण र बसाईद्वारा सिर्जित सम्पूर्ण क्रियाकलाप हरु र घटना हरुको समग्र रुप हो जसमा भ्रमण कर्ता हरु भ्रमण गरेको स्थानमा स्थाई बसोबास गर्दैनन र कुनै नाफा आर्जन गर्ने क्रियाकलाप गर्दैनन.

नेपालको पर्यटन कोइ विकास तथा बिस्तारमा संरक्षण क्षेत्रहरु तथा विश्व सम्पदा क्षेत्रहरुको सम्भावना तथा चुनौतिहरुलाईबुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ



सम्भावना हरु

१.       बिश्वका जुनसुकै रस्त्रका पर्यटक हरुलाई पनि आकर्षण गन्तव्यस्थल बन्न सक्छन
२.     नेपालका धार्मिक क्षेत्रहरु हिन्दु र बौद्ध धर्मालम्बी हरु दुवै को लागि गन्तब्य स्थल बन्ने भएको ले पर्यटन बिकासमा ठुलो योगदान पुर्याउन सक्छन
३.  नेपालको संरक्षण क्षेत्र हरुमा बिश्वको नै दुर्लभ मानिने बनस्पति तथा जन्तु हरु रहेकोले विश्व क जुनकुनै राष्ट्रक पर्यताखारुका लागि आकर्षणबन्न सक्छन
४.       नेपालमा जैविक विविधताको संरक्षण गरिएका क्षेत्रहरुमा प्रकृति पर्यटन तथा पार्य पर्यटनको विकास गरि पर्यटन क्षेत्रबाट थप लाभ लिन सकिन्छा
५.   नेपालका संरक्षण क्षेत्रहरुमा विभिन्न दुर्लभ बन्यजन्तु हरुका साथै दुर्लभ बनस्पतिहरु पाइने भएकोले बन पैदाबर तथा बनस्पति अध्ययन तथा अनुसन्धान गर्ने पर्यटक हरुका लागि यी क्षेत्र हरु अति आबश्यक हुन सक्छन
६.       नेपालका संरक्षण क्षेत्र हरुमा रहेका पर्यावरणीय प्रणालिहरुले अनुसन्धान सम्बन्धित पर्यटक हरु बढाउन सक्छन
७.     संरक्षण क्षेत्र हरुबाट बहुमुल्य जडिबुटीहरु तथा बनस्पति अह्रु सिमित मात्रामा निर्यात गरि पर्यटन संग सम्बन्धित पूर्बाधार हरुको निर्माण गरि पर्यटन क्षेत्रको विस्तार गर्न सकिन्छ
८.    नेपालका सम्र्रक्ष्ण क्षेत्रहरु नेपालका विभिन्न ठाउमा छरिएर रहेकोलेपर्यटक हरुले संरक्षण क्षेत्रहरुको भ्रमण तथा अध्ययन अवलोकन गर्दा पदयात्रा मार्गका बासिन्दा हरुले पनि पर्यटन बाट प्रशस्त फाइदा लिन सक्छन
९.    बिभिन सम्रख्सं क्षेत्रहरु वरिपरी पर्यटकहरुका लागि होटेल, मनोरंजन केन्द्रहरु, होमस्टे हरु, संस्कृत कार्यक्रम हरु, बिषेस जातिगत खानाका परिकारहरु जस्ता क्रियाकलाप हरुई संचालन गरि पर्यटन क्षेत्र बाट फाइदा लिन सकिन्छ
१०. नेपालका संरक्षण क्षेत्रहरु तराई, पहाड, हिमाल सबै तिर छरिएर रहेकाले विभिन्न समयमा हावापानीमा परिबर्तन आउने हुनाले बर्ष भरि नै पर्यटन व्यवसायलाई संचालन गर्न सकिन्छ
११. नेपाल क संरक्षित क्षेत्रहरु सांस्कृतिक , धार्मिक र प्राकृतिक सबै हिसाबले निकै महत्वका भएको ले यी सबै क्षेत्र संग सम्बन्धित बिश्वका जुनसुकै राष्ट्रका पर्यटक हरुलाई आकर्षणगरि पर्यटन बाट फाइदा लिन सकिन्छ

problems

१.       नेपालमा संरक्षण क्षेत्र हरुबाट भैरहेकोबनस्पति तथा दुर्लभ जन्तुहरुको चोरी शिकारी तथा पैठारी
२.       विश्व सम्पदा क्षेत्रहरुको अतिक्रमणका साथै सम्पदा क्षेत्र हरुमा बढदै गएको प्रदुषण
३.       संरक्षण क्षेत्र वरिपरिका बासिन्दाहरु र स्मरक्ष्ण निकायहरु बिचको द्वन्द्ध
४.       संरक्षण क्षेत्रहरुबाट प्राप्त आय विवरण सम्बन्धि बिषयमा संरक्षण निकाय र स्थानीय बासिन्दा बिचको असमान धारणा
५.       संरक्षण क्षेत्रहरुबाट निस्कने बन्य्स्जन्तुहरुले गर्ने जनधन तथा बलिनालिहरुको बिनास
६.       बढ्दो बन फँडानी तथा दुर्लभ मानिने बन्य्स जन्तु हरुको छोरो शिकारी र पैठारी
७.       संरक्षण क्षेत्रहरु भित्र आबश्यक भन्दा बढि मात्रामा संचालनमा रहेका पदयात्रा मार्गहरु
८.       संरक्षण क्षेत्रहरुमा प्रवेश गर्दा पालना गर्नु पर्ने आचार संहिताहरुकोकम पालना भएको अबस्था
९.   संरक्षण क्षेत्रहरुमा पदयात्रा गर्ने पर्यटक हरुलाई आबश्यक पर्ने पिउने पनि, शौचालय र पदयात्रा मार्गहरुको जानकारी दिने सूचना पार्टीको अभाब
१०. बाताबरण सम्बेधनशिलतालाई बुझ्ने र बाताबरण मैत्री क्रियाकलाप हरु मात्र संचालन गराउन सक्ने पर्यटक पथ प्रदर्शक हरुको अभाब
११. संरक्षण क्षेत्र वरिपरी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको संरक्षण क्षेत्रप्रतिरहँदैआएको नकारात्मक धारणा वा अपनत्वको अभाब
१२.   संरक्षण क्षेत्रहरु संरक्षण गर्ने कार्यमा स्थानीय निकाय हरुको न्युन सहभागिता
१३.   संरक्षण क्षेत्रहरुमा रहेका बनस्पति तथा जन्तुहरुको प्रभाबकारी संरक्षण गर्न चाहिने आबश्यक जनशक्ति, श्रोत र प्रविधिको न्यून उपलब्धता
१४.   संरक्षण क्षेत्रहरुमा अनाबश्यक तथा पहुँचवाला व्यक्तिहरुले मात्र होटेल संचालन गर्न पौने अबस्थाको सिर्जना
१५.   संरक्षण क्षेत्रहरुमा पर्यटक हरुले संचालन गर्ने संरक्षण क्षेत्र आचार संहिता बाहेकका अबैध क्रियाकलाप हरु
१६.   नेपालमा संरक्षण क्षेत्रहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा कर्मचारी हरुको संरक्षण क्षेत्रहरुमा हुने अबैधकारोबारमा रहने गरेको संलग्नता
१७.   संरक्षण क्षेत्रहरुको प्रभाबकारी संरक्षणक लागि गर्नु पर्ने जनपरिचालन र संरक्षण अभियानहरुको कमि

No comments:

Post a Comment